विराटनगरको एमएम प्लाष्टिक उद्योग आगलागी, करिब ३ करोडको क्षति

न्युजलय २४ साउन २०८०, बुधबार ०२:०६ मा प्रकाशित

मोरङ । विराटनगरमा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

उद्योगका सञ्चालक तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयष प्याकुरेलका अनुसार बुधबार बिहान उद्योगको विद्युत् सप्लाइ हुने युपिएस कक्षमा आगलागी भएको हो।

विराटनगर –१४ स्थित उद्योगको विद्युत सप्लाइ हुने कक्षभित्र राखिएको ब्याट्री पड्किएर आगलागी हुँदा करिब २ सय वटा ब्याट्री, एसी, इन्भर्टर, ४ सय किलोवाटको २ वटा युपिएसमा क्षति पुगेको बताइएको छ ।

प्लाष्टिकका विभिन्न सामाग्री उत्पादन गर्दै आएको उद्योगको युपिएस कक्षमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी र विराटनगर महानगरका दुई वटा वारुणयन्त्र र उद्योगमा रहेको अग्नी नियन्त्रणका सामाग्री प्रयोग गरिएको थियो ।