काठमाडौँ । आज सुनको मूल्य बढेको छ।
सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै आज छापावाल सुन १ तोलाको १ लाख ४६ हजार ६ सय रुपैयाँ रहेका छ ।
यता चाँदीको मूल्य भने घटेको छ। २० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको छ।