उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

न्युजलय ३१ मङ्सिर २०८२, मङ्गलबार १२:३० मा प्रकाशित

उदयपुर । उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–३ नयाँ टोलका १६ वर्षीय समीर माझी रहेका छन् ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको सडक किनारबाट उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ट्याक्टरसहित चालक बेलका नगरपालिका–३ कालिखोलाका २२ वर्षीय विशाल पाण्डेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।