काठमाडौँ । अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकलाई गोली प्रहार गरी पक्राउ गरिएको छ ।
गतसाता मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी अमेरिकी भन्सार तथा सीमा सुरक्षाको एयर एण्ड मरीन अपरेसन्स्ले पक्राउ गरेको हो ।
हाल उनीहरु सीबीपीकै नियन्त्रणमा रहेको जनाइएको छ । क्यालिफोर्नियाको समुन्द्री तटबाट दुई नेपालीसहित नौ जना अवैध अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई नियन्त्रणमा लिइएको सीबीपीले वेवसाइडमार्फत जानकारी दिएको छ ।
सीबीपीले हालसम्म पक्राउ पर्नेको नाम भने खुलाएको छैन ।