सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरीका उपाध्यक्ष अवध विहारी साहसहित ५६ जना कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका–सुनसरी निवासी साहले रास्वपा उम्मेदवार ई. दीपककुमार साहलाई विजयी गराउने उद्देश्यसहित पार्टी प्रवेश गरेको बताएका छन्।
आइतवार रास्वपाको निर्वाचन परिचालन सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेशका महामन्त्री लाल विक्रम थापा तथा सुनसरी–४ का उम्मेदवार दीपक साहले उक्त समूहलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए।