घट्यो सुनको भाउ

न्युजलय ११ फाल्गुण २०७९, बिहिबार ०५:४१ मा प्रकाशित

  काठमाण्डौ । बिहिबार(आज) सुनचाँदीको भाउ  घटेको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ।

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।