अरिङ्गालले टोकेर एक जनाको मृत्यु

न्युजलय ३१ साउन २०८१, बिहिबार ११:२० मा प्रकाशित

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ छापडाँडामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ  । 

इन्द्र सरोवरका ३२ वर्षीय सुमन गोलेको अरिङ्गालले टोकेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार घरदेखी एक किलोमिटर दक्षिण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिङ्गालले टोकेर घाइते गोलेको उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते गोलेलाई आफन्तले उपचारको लागी मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ काठमाडौँ लगेकोमा बिहीबार बिहान डाक्टरले मृत घोषणा गरेका हुन । घटना बारे थप अनुसन्धान भइरहेको छ ।