बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ ।
बुधबार राति भोटे पुलमुनि नवजात शिशुको व फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
सो घटनाबारेमा अनुसन्धान गर्न एकजना १३ वर्षीया नाबालिकालाई नियन्त्रणमा लिइएको छ । उनले शिशु जन्माएर फालेको आशङ्का गरिएको छ ।