अप्रेसन गरेर प्रसूति गराउँदा बच्चाको मृत्यु भएपछी बीपी प्रतिष्ठानमा तोडफोड

न्युजलय ५ पुस २०७८, सोमबार ११:५९ मा प्रकाशित

इटहरी ।  बीपी प्रतिष्ठान धरानको गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ ।

धरान–१३ की २५ वर्षीय आस्था चौहान रानालाई प्रसूतिको लागि पुस ३ गते प्रतिष्ठानको प्रसुतीवार्डमा भर्ना गरिएको थियो ।

आस्थाको अप्रेसन गरेर प्रसूति गराउँदा बच्चाको मृत्यु भएकोले चिकित्सकको लापर्वाहीले बच्चाको मृत्यु भएको भन्दै बिरामीका आफन्तले गाइनो अप्रेसन थिएटरमा तोडफोड गरेको प्रतिष्ठान प्रहरीले जनाएको छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।