काठमाण्डौ । फिल्म ‘लाखे’ को ‘तिम्रो पिरिम’ बोलको गीत सार्वजनिक भएको छ।
हर्कुलस बस्नेत र सदीक्षा कट्टेलको स्वर रहेको गीतमा सुक्मित तामाङले आइटम डान्स प्रस्तुत गरेकी छन् भने गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारीलाई देख्न सकिन्छ।
यो गीतमा शब्द तथा संगीत हर्कुलस बस्नेतको रहेको छ।
सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रूम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन्।