एलओडी क्लब पुगेकी १५ वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

न्युजलय १८ असार २०८०, सोमबार १२:५५ मा प्रकाशित

काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लब पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको हो । 

बलात्कार आरोपमा ललितपुर प्रहरीले पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेका हुन् । 

बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको बताइएको छ ।