काठमाडौँ । आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँमा पुगेको छ।
अघिल्लो कारोबार दिनमा सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।