सुनसरी । सप्तकोसी नदीमा डुबेर दाजुभाइसहित तीनजनाको मृत्यु भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बाबुको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका दमक नगरपालिका–९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका–७ का १८ वर्षीय राजु गुरागाईंको सप्तकोसीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तकोसीमा बुधबार नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको शब नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र मन्दिरमा बाबुको श्राद्ध गर्न आएका न्यौपाने दाजुभाइ श्राद्ध गर्नु अगाडि नुहाउने क्रममा सप्तकोसी नदिमा डुबेर बेपत्ता भएका थिए।