संखुवासभा सभापोखरीस्थित एक घरमा आगलागी

न्युजलय ३१ साउन २०८०, बुधबार १२:३१ मा प्रकाशित

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका– १ लेब्राङ टोलमा एक घरमा आगलागी भएको छ।

स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

घटनाको खबर आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन भएको छ। अहिले सार्वजनिक मुचुल्का तयार पर्ने र क्षतिबारे अनुसन्धान भइरहेको हुँदा थप विवरण आउन बाँकी छ। 

आगलागीबाट मानवीय क्षति भएको छैन। घरभित्र रहेको अन्नपात र लत्ताकपडा भने सबै जलेर नष्ट भएको छ।