रबिन तामाङको अन्त्येष्टि आइतबार

न्युजलय २१ असार २०८०, बिहिबार ११:०४ मा प्रकाशित

काठमाडौँ । चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो । 

रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार ढिलो हुन लागेको बताइएको छ । बौद्ध धार्मिक परम्परा अनुसार शनिवार निजी निवासमा उनको पार्थिव शरीरमा पूजा अर्चना गरिनेछ । 

तामाङलाई मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै निवासमा मृतावस्थामा भेटिएको थियो । पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार उनको मुटुमा समस्या देखिएको छ । 

तामाङ रबिन एन्ड द न्यु रिभोलुसनका फ्रन्टम्यान थिए । उनले केही फिल्ममा पनि अभिनय गरेका छन् ।