सुनको मूल्य बढ्यो

न्युजलय १६ साउन २०८१, बुधबार १२:३१ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।