कात्तिक १७ र १८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

न्युजलय २ कार्तिक २०८०, बिहिबार ११:३४ मा प्रकाशित

काठमाडौँ । यही कात्तिक १७ र १८ गते राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ ।


कार्यक्रमको निर्धारित समय (कात्तिक २ र ३ गते) भएपनि दसैं पर्न गएकाले मिति सारिएको हो ।


६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सहजीकरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।