रामधुनिमा गरिब तथा बिपन्न परिवारलाई फाईबर सिरक वितरण

न्युजलय २१ पुस २०८२, सोमबार ११:२६ मा प्रकाशित

रामधुनि । रामधुनि नगरपालिका वडा नम्बर ४ कार्यालयले गरिब तथा बिपन्न परिवारलाई फाईबरको सिरक वितरण गरेको छ। 

कार्यालयले पुस १७ गते बिहिबार १३५ जना गरिब तथा बिपन्न परिवारलाई सिरक वितरण गरेको हो । चिसो बढेसॅंगै वडाबासीहरूलाई चिसोबाट सुरक्षित रहनको लागि न्यानो सिरक वितरण गरेको वडा अध्यक्ष कमल कार्कीले जानकारी दिएका छन्। 

ज्येष्ट नागरिक तथा अति बिपन्न परिवारलाई १ परिवार १ सिरक बितरण गरेको वडा सचिव साविता कार्की पराजुलीले बताएकी छन् । कार्यालयले गतवर्ष २५ जना वडाबासीलाई फाईबरको सिरक बितरण गरेको थियो । 

कार्यालयले वडामा रहेको किसानलाई ७६२ किलो मकैको बिउ समेत बितरण गरेको छ। कार्यालयले वडामा रहेका किसानलाई प्रत्येक बर्ष बिऊ तथा कृषि सामाग्री बितरण गर्ने गरेको वडाबासीले वताएका छन् ।