संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ९ मा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आइतबार बिहान चैनपुर ९ खाम्लिङमा मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक बस्नेतकाअनुसार मनबहादुरका छोरा ९ वर्षीय मनध्वज तामाङ, ८ वर्षीय राजेन्द्र तामाङ, ५ वर्षीय निमसाङ तामाङ र छोरी ३ वर्षीया सुपरिना तामाङ घर नजिकै अचेत अवस्थामा फेला परेका थिए ।
बिहानै मेलापात गएका मनबहादुर घर फर्किदा छोराछोरीहरू अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।