काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बढेर तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।