स्याङ्जामा खुल्दै एचआईभी सङ्क्रमित

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०९:४१ मा प्रकाशित

स्याङ्जा । स्याङ्जामा एचआइभी संक्रमितहरु खुल्न थालेका छन् । थप २९ जना एचआईभी सङ्क्रमित भेटिएका हुन् । सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको बताइएको छ । स्थानीय गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको छ । यो सेवा संक्रमितको प्रतिरक्षा प्रणाली बढाउन दिइने औषधीसहितको सेवा हो । एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् । 

हालसम्म १५ जनाले एचआईभी एड्सबाट ज्यान गुमाएका छन् । जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट सङ्क्रमित भएको तथ्यांक छ । तीमध्ये एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् । 

सङ्क्रमितमध्ये १३३ जनाको प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ । एक सय ३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् ।