झापामा १६ वर्षीया बालिका बलात्कृत

न्युजलय ४ बैशाख २०८०, सोमबार ०८:३२ मा प्रकाशित

झापा । झापामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

महोत्तरी बर्दिवास नगरपालिका ५ बस्ने २९ वर्षीय कूलबहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

कूलबहादुरले ती किशोरीलाई झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।