घट्यो सुनको मूल्य

न्युजलय २९ बैशाख २०८०, शुक्रबार ०४:५५ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै सस्तिदै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य भने आज एकै दिन तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा झरेको छ ।