बराहक्षेत्र । नेकपा माओवादी केन्द्र बराहक्षेत्रको अधिवेशनबाट नगर अध्यक्षमा कमल बहादुर कटुबाल निर्वाचित भएका छन् । आफ्ना निकटम प्रतिद्वन्द्वी गणेश पाण्डेलाई १९ मतले हराउँदै उनी विजयी भएका हुन् ।
उपाध्यक्षमा शारदा खड्का, बाबुराम ठकुरी, राम बिस्ट, लोलेन्द्र खड्का र भोगेन्द्र डागीको उम्मेद्बारी परेको थियो । जसमध्ये शारदा खड्काले ३६ र भोगेन्द्र डागीले २० मत प्राप्त गरि विजयी भएको जनाइएको छ ।
महिला उपाध्यक्षतर्फ संगिता राई र लेखकुमारी थापाको उम्मेद्बारी परेकोमा ४१ मत प्राप्त गर्दै संगिता राई विजयी भइन् । सचिव र कोषाध्यक्ष अमित गौतम र लंकमान विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।
सहसचिवको लागि ४ जनाको उम्मेद्बारी परेको थियो । डिक बहादुर थापा, सुमन थापा र राजकुमार अधिकारीलाई पराजित गर्दै रत्न बहादुर रम्तेल २५ मतसहित सहसचिवमा निर्वाचित भएका हुन् ।
६५ सदस्यीय समिति सर्वसम्मत चयन भएका थिए । तिनै सदस्य मध्येबाट आज पदाधिकारीका लागि निर्वाचन भएको थियो ।