बढ्यो सुनको भाउ

न्युजलय ८ माघ २०८१, मङ्गलबार ११:४१ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।