काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले इण्डोनेसियालाई पराजित गर्दै सुखद् शुरुवात गरेको छ।
बंगलादेशको ढाकामा आज भएको खेलमा नेपालले इण्डोनेसियालाई ४७(१८ ले पराजित गरेको हो। खेलमा नेपालका प्रदीप मिजार म्यान अफ दि म्याच चुनिए। अब नेपालले आफ्नो दोस्रो खेल भोलि इराकसँग खेल्नेछ।
मंगलबार नेपालले केन्यासँग खेल्नेछ। उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा इण्डोनेसिया, इराक र केन्या छन्। त्यस्तै समूह ‘ए’ मा आयोजक बंगलादेशसहित श्रीलंका, मलेसिया र इङ्ग्ल्याण्ड छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।