लोकसेवाले माग्यो स्वास्थ्य क्षेत्रका २८२ कर्मचारी

न्युजलय ३० कार्तिक २०७९, बुधबार ०८:२५ मा प्रकाशित

काठमाडौ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले करीब २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो । आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो ।