विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ८ मा आइतबार राति दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।
गएराति ११ प ३३९८ र मे १ प ७३९८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३३९८ नम्बरका चालक मोरङकै शनिश्चरे नगरपालिका–५ का २९ वर्षीय अनिस आचार्य, सोही मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय प्रदिप सुवेदी, २४ वर्षीय सुनिल थापा घाइते भएका थिए ।
यस्तै ७३९८ नम्बरको मोटरसाइकलका चालक मोरङकै उर्लाबारी नगरपालिका–९ का २६ वर्षीय भीम मर्दी, पछाडी सवार ३० वर्षीय मेघराज सोरेन र २९ वर्षीय रविन हस्ता घाइते भएका हुन् ।
उनीहरूको बी।एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ ।