आजको सुनचाँदीको भाउ

न्युजलय २८ साउन २०८०, आइतबार १२:२४ मा प्रकाशित

 काठमाडौं । आइतबार(आज) सुनचाँदीको भाउ स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ ।

आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।