नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०६:५१ मा प्रकाशित

काठमाडौं । नक्कली नेपाली नोटसहित दुई जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा ८ नरकटियामा चेकजाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित भारत बिहारका विकाश जयसवाल र अजय प्रसादलाई पक्राउ गरेको हो । 


रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेका अनुसार उनीहरुको साथबाट १ हजारको दरको ६९ थान र रु ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।