सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मत पदाधिकारी चयन गर्न आग्रह गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
सकभर सर्वसम्मतरूपमा चयन गर्न र नभए स्वच्छ प्रतिष्पर्धाबाट प्रतिनिधि चयन गर्न अनुरोध गरे । पार्टीभित्र निर्वाचन भएमा द्वन्द्व हुने जोखिम बताउँदै उनले नेता तथा कार्यकर्तालाई सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।
उनले सुनसरीको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माणलगायतका क्षेत्रमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङग, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार, सञ्चार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको सहभागिता थियो ।