नेप्से १९.४३ अंकले बृद्दि

न्युजलय २६ पुस २०७८, सोमबार ०९:३४ मा प्रकाशित

 काठमाडौं । सोमबार(आज) नेप्से १९.४३ अंकले बढेको छ ।  आज नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भएको छ । आज ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

आज १३ मध्ये १० वटा समूहको सूचकमा हरियाली आएको छ । २२ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एचआइडीसीएल परेका छन् । २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।