‘अवतार २’ हेर्ने क्रममा एक दर्शकको हृदयघातका कारण निधन

न्युजलय ३ पुस २०७९, आइतबार ११:५६ मा प्रकाशित

काठमाण्डौ । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ । 

फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो ।

चिकित्सकका अनुसार उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् । चिकित्सकले फिल्म हेरिरहँदा उनमा अति उत्साह भएपछि हृदयघात भएको थियो । लक्ष्मी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन् । 

फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पु¥याइएको थियो । जहाँ चिकित्सकले उनको निधनको घोषणा गरेको थियो ।