इलाम । सूर्योदय नगरपालिकाको चीया कारखानामा भिषण आगलागी भएको छ । श्रीअन्तुस्थित इलाम टी प्रोड्युसर प्रा.लि.मा आज दिउँसो आगलागी भएको हो ।
आगो निभाउन दमकल लगिएपनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट कारखाना ध्वस्त भइसकेको छ ।