काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा बेलायतमा एक नेपालीलाई २५ वर्ष जेल सजाय सुनाइएको छ ।
बेलायतको पिटरबरोका प्रमोद ढकाललाई नेपाली समुदायका ७ बालिका र एक महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
घनिष्टसम्बन्ध बनाउने र यौन दुर्व्यवहार गर्ने गरेको अभियोगसहित ८ वर्षीया बालिकालाई समेत बलात्कार गरेको आरोप पुष्टि भएपछि क्याम्ब्रिज क्राउन कोर्टले ढकाललाई यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ ।
साथै उनी १३ वर्षभन्दा कम उमेरका ५ बालिका र १३ वर्षभन्दा माथिका २ बालिकामाथि बलात्कारका घटनामा संलग्न झएको बताइएको छ ।
बेलायतमा १७ वर्षदेखि धार्मिक कार्यक्रम गर्दै आएका ढकाल सोही त्रmममा यौन दुर्व्यवाहारमा संलग्न रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।