ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो। आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ।
हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ। हिमपातसँगै जिल्लाभर चिसो बढेको छ।