घट्यो सुनको भाउ

न्युजलय १४ फाल्गुण २०८१, बुधबार ११:१५ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलाको १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

यस्तै, चाँदीको मूल्य आज पनि घटेको छ । तोलामा ३० रूपैयाँले घटेर चाँदी १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।