रामधुनीमा सवारीसाधनको ठक्करबाट महिलाको मृत्यु

न्युजलय २४ असार २०८०, आइतबार १२:३२ मा प्रकाशित

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–१ मा आज सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

आइतबार (आज) बिहान अन्दाजी ३६ वर्षीया महिलालाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटना पश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको  छ । 

शवलाई पोष्टमार्टमको लागि धरानस्थित विपी प्रतिष्ठान पठाइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।