सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६२६९ नम्बरको बसले बिपरीत दिशातर्फ आउँदै गरेको प्र १ ०२ ०५२ प ००७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका ६ मोरङ बस्ने ४५ वर्षीया नन्दकुमारी राईको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकल चालक मोरङको ग्रामथान गाउँपालिका ६ बस्ने २४ वर्षीय विशाल सरदार घाइते भएका छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।