प्रदेश १ मा आज थप २३ जनामा कोरोना पुष्टि

न्युजलय ११ पुस २०७८, आइतबार ०७:०८ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।