झापा जङ्गली हात्ती मृत फेला

न्युजलय ३१ माघ २०८२, शुक्रबार १२:४० मा प्रकाशित

झापा । कचनकवल गाउँपालिका–७ मा जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रहरीले जनाएको छ ।