ह्वात्तै बढ्यो सुनको मूल्य

न्युजलय ३१ असोज २०८०, बुधबार ११:२७ मा प्रकाशित

काठमाडौँ । कात्तिक महिनाको पहिलो दिन नै सुनको मूल्यमा तीब्र वृद्धि भएको छ । 


असोज मसान्त अर्थात् ३० गते प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य कात्तिक १ गते एकैदिन १३ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार २ सय रुपैयाँ पुगेको हो । 


यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढ्दै एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।