२०७९ मंसिर २२ गते बिहिबारको राशिफल

न्युजलय २२ मङ्सिर २०७९, बिहिबार ०७:०६ मा प्रकाशित

मेष । धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

 

वृष । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

मिथुन । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ ।

 

कर्कट । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

 

सिंह । नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

 

कन्या । आज कसै सैलाई परदेशी घर फर्कने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका पनि समय बित्न सक्नेछ ।

 

तुला । आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

 

वृश्चिक । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

 

धनु । आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । धार्मिक कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।

 

मकर । आजको समय मध्यम खालको छ । आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन ।

 

कुम्भ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

 

मीन । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्नेछ । धन सञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।