बढ्यो सुनको मूल्य

न्युजलय १२ असार २०८२, बिहिबार ११:२४ मा प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।