घट्यो सुनको मूल्य

न्युजलय १९ चैत २०८१, बुधबार १०:५९ मा प्रकाशित

काठमाडौं । बुधवार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। 

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो ।