फिल्म ‘दसरा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

न्युजलय ३१ फाल्गुण २०७९, बुधबार १२:५५ मा प्रकाशित

काठमाण्डौ । दक्षिण भारतीय अभिनेता नानी र कीर्ति सुरेश अभिनीत फिल्म ‘दसरा’ को ट्रेलर सार्वजनिक भएको छ। 

युट्युब च्यानलमार्फत फिल्मको हिन्दी ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा नानीको एक्सनलाई देखाइएको छ। 

श्रीकान्त उडेला लिखित तथा निर्देशित फिल्ममा नानी र र्कीतिसँगै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय छ। फिल्ममा सुधाकर चेरुकुरीको लगानी रहेको छ।

सथ्यान सूर्यानले छायांकन गरेको फिल्मलाई नविन नोलीले सम्पादन गरेका हुन्।  यो फिल्म ३० मार्च अर्थात चैत १६ गतेदेखि प्रदर्शन हुनेछ।