फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक

न्युजलय १३ जेठ २०८१, आइतबार १२:४० मा प्रकाशित

काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक गरिएको छ। 

शनिबार सार्वजनिक ट्रेलरमा आचार्यको बाल्यकालदेखि  संगीत क्षेत्रको उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ। 

फिल्म ‘आचार्य’ १३ वर्षअघि निर्माण भएर प्रदर्शन भएता पनि भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरूप पुनः रिलिज गर्न लागिएको जनाइएको छ। 

भक्तराजको निधन पश्चातका दृश्यहरू पनि समेटेर फिल्मलाई असार ७ गतेदेखि नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शनमा ल्याउन लागिएको हो। 

प्रशान्त रसाईलीको निर्देशनमा तयार फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन्।

उनीसहित सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ। रोशन राई निर्माता रहेको फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन्। 

भक्तराज आचार्यको गत फागुनमा ८२ वर्षको उमेरमा निधन भएको थियो।