काठमाडौँ । सोमबार(आज) सुनको मूल्य सामान्य गिरावट आएको छ ।
सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुन तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।