झापामा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०१:५६ मा प्रकाशित

 झापा । कनकाई नगरपालिका–३ स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा कन्काई नगरपालिका–६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् । पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

बोलेरो र चालक ईलाम देउमाई नगरपालिका–१ का २७ बर्षीय निमेश गुरुङ ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।