खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ६ वटा घर पहिरोको जोखिममा परेका छन् ।
कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर कार्की, कमानसिं राई, केशव परियार, दीपक परियार र रमेश बस्नेतको घर पहिरोको जोखिममा परेको हो ।
यस्तै, झरीका कारण लेदो र पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
शुक्रवार आज बिहान मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा गाडी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सडक अवरुद्ध हुँदा खोटाङबाट काठमाण्डौ तथा पूर्वी सहर आवतजावत गर्ने गाडी बीच बाटोमा रोकिएका छन् ।